दफा १६
आयोगको प्रादेशिक तथा अन्य कार्यालय
(१) आयोग आफैले सम्पादन गर्नु पर्ने कामका लागि आवश्यकता अनुसार प्रदेश तथा तोकिए बमोजिमको अन्य स्थानमा कार्यालय स्थापना गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम स्थापना भएका कार्यालयको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) बमोजिम स्थापना भएका कार्यालयले उपदफा (२) मा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त आयोगले तोकेको वा सुम्पेको जिम्मेवारी समेत वहन गर्नु पर्नेछ ।